नमस्कार हजुर्,
विगतका दुःखद परिस्थितिहरुलाई मनन्
गर्दै भूटान सरकारको
कुरता र दमनको
शिकार बने पश्चात्
केहि समय आफ्नै
भाषा भएको देशमा
बस्ने मौका मिल्यो
तर पनि त्यहाँ
केहि सामन्त र
शोषकले हेला गर्ने
प्रबिति देखियो । एउटा
बास सम्म नभएको
अवस्थाबाट यहाँसम्म आईपुग्दा पनि
नेपाली भाषालाई माया गरि
रहेको छु र
भावि पुस्तालाई पनि
सिकाउनेछु । हो
मान्छेले नयाँ कपडा
लगाउँदैमा आफ्नो पन, भाषा
र संस्कृतिलाई भुल्न
हुन्न । आफु
जहाँ भएपनि आफ्नो
देश र मातृभुमिको
सम्मान गर्नु पर्छ।सामन्ति र
शोषकको पञ्जाबाट आफ्नो मातृभूमिलाई
मुक्त्त पर्नुपर्छ, यसको लागि
कलम नै ठूलो
हतियार हो ।समय र परिस्थितीसंग संधर्ष गर्ने क्रममा समय समयमा केहि लेखहरू लेख्ने गरेको थिएँ । तर म कुनै साहित्याकार वा रचनाकार भने होईन । म त एक भाषा र साहित्यलाई माया गर्ने भाषा र साहित्य प्रेमी, एक सर्जक मात्र हुँ । नेपालमा रहँदा केहि लेखहरू लेखी नेपाली पत्र पत्रिकामा दिने गर्थेँ जसको कारण म आफैमा हौसला बढेको भान हुन्थ्यो । तर आज म पश्चिम क्षितीज मुनि, जाहाँ नेपाली पत्र पत्रिका पाइन्न त्यहाँ छु,आफ्ना लेखहरू प्रकाशन गर्न नपाउँदा एकदमै दुख लाग्यो र त्यसैले यो वेबसाइट अगाडी ल्याएको हुँ। सस्तो प्रचार बाजि गरेर बढ्दो लोकप्रियता कायम गर्नु मेरो मतलब होईन ।